समानान्तर कमिटिमा आफ्नो भुमिका सम्वन्धमा आएका समाचार झुट हुन : एमाले नेता गैरे

माधव बेल्वासे / पाणिनि न्युज डट.कम.
नेकपा (एमाले) अर्घाखाँचीकाका नेता प्रेमरायण गैरेले बिभिन्न संचारमाध्यमहरु बाट प्रकासित समाचारमा समानान्तर कमिटि गठन र आफ्नो पदिय जिम्वेवारिको विषयमा उल्लेख भएको प्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।
“अनलाइन खबर,अर्घाखाँची पोस्ट लगाएतका कतिपय सन्चार माध्यमहरुमा समानन्तर कमिटीको सचिवालय सदस्य भनी मेरो नाम समेत प्रकाशन तथा प्रसारण भएको प्रती मेरो गम्भीर आपत्ति रहेको छ । म नेकपा एमालेको सातौ जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटी अर्घाखाँचीको उपसचिव रहेको ब्यहोरा पुन स्पष्ट पार्न चाहन्छु” भन्दै आफ्नो फेसबुक मार्फत आपत्ति प्रकट गर्नुभएको हो ।
पाणिनि न्युज डट.कम. सँगको कुराकानिमा पनि नेता गैरेले सोहि कुरा दोहोर्याउनु भएको छ । उहाँले भन्नुभयो “समानान्तर कमिटि गठन गर्ने आफुहरुको कुनै पनि कार्यक्रम नरहेको साथै केन्द्रिय निति पनि नभएको भन्दै पार्टि भित्रै बसेर आफ्ना असहमति दर्ज गर्ने छौँ ।” समानान्तर कमिटिले पार्टिभित्रको एकता अझ अफ्ठयारोमा पर्नसक्ने कुराले त्यस प्रति आफ्नो सहमति नरहेको साथै त्यस्ता कार्यक्रममा सहभागि नभएको र कुनै जिम्वेवारिमा समेत नरहेको गैरेले स्पष्ट पार्नुभएको छ ।