बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दाङमा एकजना पक्राउ

दाङ ।
दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

शनिबार दिउँसो प्रहरीले घोराही उपमहानगरपालिका–९, मुकुणडाँडाका ६३ वर्षीय छविलाल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

गुरुङले ती बालिकालाई यही माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।