मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५ दलिय गठवन्धन विरुद्ध एक्लै प्रत्यक्ष तर्फ निर्वाचन जितेको नेकपा (एमाले) समानुपातिकमा पनि ठूलो दल बनेको छ। अर्घाखाँचीको प्रतिनिधीसभा र प्रदेशसभामा ‘क्लीन स्वीप’ गरेको एमाले समानुपातिकमा समेत पहिलो भएको हो।
प्रतिनिधीसभा समानुपातिकमा नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो तथा नेपाली कांग्रेसले २६ हजार ८ सय ६५ मत पाउँदै दोस्रो स्थान हासिल गरेको छ। कांग्रेस एमाले भन्दा १० हजार ५८५ मतले पछी परेको छ। पहिलो पटक निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९५१ मत ल्याउँदै तेस्रो भएको छ। नेकपा माओवादी केन्द्रले भन्दा १ हजार ६०९ मत बढी ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा तेस्रो दल बनेको हो। नेकपा माओवादी केन्द्रले भने ७ हजार ३४२ मत ल्याउँदै चौथो भएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले ५ हजार ३२७, र नेकपा (एकिकृत समाजवादी) ले भने १ हजार ६७ मात्र मत ल्याएको छ।
प्रदेशसभामा समेत नेकपा एमाले पहिलो भएको छ। प्रदेश समानुपातिकमा ३७ हजार ७३८ मत ल्याउँदै एमाले पहिलो बनेको हो। नेपाली कांग्रेसले २७ हजार २९८ मत ल्याउँदै समानुपातिक मतका आधारमा दोस्रो भएको हो।
यस्तै नेकपा माओवादी केन्द्रले ८ हजार ३५६, राष्ट्रिय जनमोर्चाले ५ हजार ६२३, नेकपा एसले १ हजार ३७६, राप्रपाले १ हजार २१० मत पाएका छन्।