नवलपरासी पूर्व प्रदेश सभा १ (क) मा कांग्रेस र (ख) मा एमाले

नवलपरासी । नवलपरासी पूर्व प्रदेश सभा १ (क) मा कांग्रेसका महेन्द्र ध्वज जीसी विजयी हुनुभएकाे छ । उहाँले १५ हजार १३७ मत ल्याउनु भएकाे छ भने एमालेका रविन्द्र अधिकारीले १३ हजार ९८७ मत ल्याउनु भएकाे छ ।

यस्तै, नवलपरासी पूर्व प्रदेश सभा १ (ख) एमालेका राेशन बहादुर गाहा विजयी हुनुभएकाे छ । उहाँले १७ हजार ८२३ ल्याउनु भएकाे छ भने माओवादी केन्द्रका लाेकप्रसाद भुर्तेलले १४ हजार ११० मत पाउनु भएकाे छ।