प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको टक्कर

तस्विर : सामाजिक संजाल

गुल्मी ।
गुल्मीको क्षेत्र नम्बर १ मा आज बुधवार दिउँसोदेखि मतगणना भइरहेको छ ।पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका चन्द्र भण्डारीले शुरुवाति अग्रता बनाउनुभएको छ ।

चन्द्र भण्डारीले २ हजार ४ सय ८२ र प्रदीप ज्ञवालीले २ हजार २ सय ९१ मत पाउनुभएको छ । गुल्मीको २ मा एमालेका गोकर्ण विष्ट विजयी भइसक्नुभएको छ ।