भैलोबाट उठेको पैसाले बिधालयमा रोस्ट्रम

माधव बेल्वासे/ अर्घाखाँची । २०७९ सालको दिपावलिको अवसरमा पाणिनी गाउँपालिका वडा न ७ झन्द्रेकको भेडावारी,एक्लेखर्क,ढडाने पोखराबाट सामुहिक खेलिएको देउसी भैलो कार्यक्रममा संकलन भएको रकमको केही रकम कुनै सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने देउसी भैलो खेल्नु अगाडीको निर्णय अनुसार उक्त रकम बाट स्थानीय जनसेवा माध्यमिक विद्यालयलाई एउटा रोस्ट्रम र माइक स्ट्यान्ड उपलब्ध गराएको छ ।
स्थानीय युबाहरुको यसकार्य बाट सस्कृतिको जगेर्ना गर्दै सामाजिक कार्य पनि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश भएको छ ।भैलो समुहका पदाधिकारीहरुको उपस्थितिमा आज बिधालयमा प्रधानाध्यापक शालिकराम बेल्वासेलाइ उक्त रोस्ट्रम प्रदान गरिएको हो । साथै अझै केही रकम बचत रहेको हुदा उक्त रकम आवश्यक परेको खण्डमा कुनै अत्यावश्यक आकस्मिक वा अन्य सामाजिक क्षेत्रमा सहयोग गरिने समेत समूहले जानकारी गराएको छ ।

समुहले “अन्ततः हाम्रो देउसी भैलोलाई माया गरेर दान दक्षिणा गर्नु हुने सम्पुर्ण मनहरुमा हार्दिक धन्यवाद व्यक्त समेत गरेको छ । सामाग्री ग्रहण गर्दै प्रधानाध्यापक शालिकराम बेल्वासेले सबैलाई प्रेरणा मिल्नेगरी गरिएको सामाजिक कार्यका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै प्रेरणा दायी कार्यका लागि शुभकामना प्रदान गर्नुभएको छ ।