शेयर बजार ५ गते सम्म बन्द

काठमाण्डौ ।
धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ५ गते सम्म बन्द हुने भएको छ । आज शुक्रवार पनि कारोबार बन्द रहेको छ ।
शनिवार, आइतवार र सोमवारसमेत सार्वजनिक बिदा भएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतवार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । सरकारले चुनावलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिइएको कारण शेयर कारोबार पनि नहुने भएको हो ।
मङ्सिर १ गते बिहीवार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको थियो । बिहीवारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख रुपैयाँ बराबर रहेको थियो ।