नेपालले यूएईलाई ३ विकेटले हरायो, श्रृंखला १ – १ को बराबरि

काठमाण्डौ – आज बुधवार भएको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई तीन विकेटले हरायो । यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे । गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे । यस्तै कुशल भुर्तेलले ३५ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले तीन र हजरत बिलालले दुई विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउटहुँदा यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एकरएक विकेट लिए ।

यो जितसँगै नेपालले तीन खेलको शृङ्खलामा १ – १ को बराबरी गरेको छ ।