यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज, श्रृंखला जित्ने दाउमा युएइ, साख जोगाउने नेपालको कसरत

फाइल तस्विर

काठमाण्डौ ।
नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज कीर्तिपुर मैदानमा हुँदैछ । खेल बिहान ९ बजे सुरु हुनेछ। सोमबार भएको पहिलो खेलमा यूएईसँग नेपाल ८४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।
आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएकोमा नेपाल २ पटक र यूएई ५ पटक विजयी भएका छन् । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ ।